प्राइम कमर्सियल बैंकको कोभिड असरबीच उत्कृष्ट प्रगति, तीन महिनाको नाफा १ अर्बमाथि

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) ले कोरोना संक्रमणका बीचमा पनि अधिकांश सूचकमा वृद्धि भएको आकर्षक अपरिष्कृत वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै बैंकले खुद नाफा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ मात्रै नाफा कमाएको बैंकको खुद नाफा ५४.२४ प्रतिशतले बढाएको हो । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा बैंकले ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँ धेरै नाफा कमाएको हो । कैलाश विकास बैंक लगायतका विकास बैंकलाई प्राप्तीपछि बैंक थप सबल बनेको हो । 

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ छ । गत आवको तुलनामा बैंकको लाभांश क्षमता ४७.८९ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ४.२४ प्रतिशतले बढाएर १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख र कर्जा लगानी २.७१ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

Particulars
Prime Bank Q1 ( Rs in ‘000)
2077/2078  2076/2077 Change  %
Paid-Up Capital 13985250.00 9686851.00 44.37
Net Profit 1017635.00 659768.00 54.24
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 338447.00 228843.78 47.89
Annualized EPS (In Rs.) 29.11 27.24 6.86
Net Worth per share (In Rs.) 154.26 146.91 5.00
Reserve & Surplus 5466544.00 4795694.00 13.99
Retained Earnings 2120777.00 1764348.00 20.20
Deposits 124508449.00 119441614.00 4.24
Loans and Advances 113447296.00 110454296.00 2.71
Net Interest Income 1550837.00 1060505.00 46.24
Operating Profit 1447652.00 944498.00 53.27
CCD (as per NRB Directives) 80.03 77.86 2.79
Base Rate (%) 8.12 9.67 -16.03
Cost of Fund (%) 6.26 7.67 -18.38
Price to earnings (times) 9.86 18.17 -45.73
NPL (%) 1.37 1.14 20.18

असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत आवको तीन महिनाको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४६.२४ प्रतिशत र सञ्चालन नाफा पनि ५३.२७ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २९.११ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५४.२६ रुपैयाँ र बैंकको खराब कर्जा अनुपात १.३७ प्रतिशत छ ।

यसैगरी बैंकको पूँजीकोष अनुपात १४.०८ प्रतिशत, निक्षेप संकलन लागत ६.२६ प्रतिशत, आधार ब्याजदर ८.१२ प्रशितशत र स्प्रेडदर ४.४० प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।