बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर १५ गते, बुकक्लोज कहिले ?

0
Shares

बैंक अफ काठमाण्डू (BOKL) ले मंसिर १५ गते साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न १६७ औं बैठकले बैंकको प्रधान कार्यालय कमलपोखरीमा भिडियो कन्फरेन्स मार्फत साधारण सभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कार्तिक २८ गते शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत (१ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ) बोनस र कर सहित ३ प्रतिशत नगद (२५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद) गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख छ । बोनस वितरणपछि चुक्ता पूँँजी ९ अर्ब ९१ करोड ४५ लाख पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।