आधा दर्जन लघुवित्तले प्रस्ताव गरे गत आवबाट शेयरधनीलाई लाभांश

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५० कम्पनीमध्ये शनिबारसम्ममा आधा दर्जन लघुवित्तले गत आर्थिक वर्षबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।

घोषित लाभांशमध्ये हालसम्म न्यूनतम १२.६३ प्रतिशतदेखि अधिकतम २६.३२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । आरएसडिसीले सबैभन्दा कम लाभांश घोष्णा गरेको छ भने समता लघुवित्तले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका कुनैपनि कम्पनीले साधारण सभा तथा बुकक्लोज मिति तोकेका छैनन् । यसअनुसार ६ वटै लघुवित्तको शेयर खरीद गर्ने लगानीकर्ताले गत आर्थिक वर्षबाट घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाले पारित गरेपछि पाउनेछन् ।

६ लघुवित्तले लाभांश घोषणा गर्दा औषत लाभांशदर १७.७१ प्रतिशत रहेको छ ।

S.N. Symbol Company Name  Bonus Dividend (%) Cash Dividend (%) Total Dividend (%)
1 SMATA Samata Laghubitta 20.00 6.32 26.32
2 RMDC RMDC Laghubitta Bittiya Sanstha Limited 15.00 5.00 20.00
3 MERO Mero Microfinance Laghubitta Bittiya Sanstha Limited 16.94 0.89 17.83
4 ALBSL Asha Laghubitta Bittiya Sanstha Limited 15.00 0.79 15.79
5 FMDBL First Microfinance Laghubitta  9.50 4.18 13.68
6 RSDC RSDC Laghubitta Bittiya Sanstha Limited 9.00 3.63 12.63

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।