स्वाबलम्बनको खुद नाफा १२ करोड ७७ लाख, अन्य सूचकमा यस्तो छ प्रगति

0
Shares

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १२ करोड २० लाख नाफा कमाएको कम्पनीले ५७ लाख रुपैयाँले नाफा बढाएको हो ।

चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६४.४७ रुपैयाँ छ । यस्तै जगेडा कोषमा १ अर्ब ६८ करोड ६७ लाख र प्रतिशेयर नेटवर्थ ३१२.८७ रुपैयाँ कायम भएको छ ।

असोज मसान्तसम्ममा ९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा बैंक वित्तीय संस्थाबाट ४ अर्ब ५२ करोड रुपैयाँ सापटी लिएर १५ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप २१.१२, र कर्जा लगानी २.९२ प्रतिशतले बढेको हो । कम्पनीको सापटी भने ३०.६५ प्रतिशतले घटेको छ ।

लघुवित्तले ३२ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा २० करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.९५ प्रतिशत, कोषको लागत ७.५३ प्रतिशत, र मूल्य आम्दानी अनुपात १९.२५ गुणा छ ।

Particulars Swabalamban Laghubitta  ( Rs in ‘000)  
Q1,  2077/2078 Q1, 2076/2077 Change
Paid-up Capital 792,399.00 628,888.00 26.00%
Reserves 1,686,787.00 1,361,127.00 23.93%
Profit/(Loss) for the Year 127,707.00 122,043.00 4.64%
EPS (Rs.) 64.47 77.62 -16.94%
Net worth per share (Rs.) 312.87 316.43 -1.13%
Borrowings 4,520,129.00 6,517,470.00 -30.65%
Deposit from Customers 9,684,398.00 7,995,846.00 21.12%
Loans & Advances to Customers 15,485,894.00 15,045,829.00 2.92%
Net Interest Income 326,714.00 320,672.00 1.88%
Provision for possible losses 10,355.00 20,543.00 -49.59%
Operating Profit 202,710.00 193,719.00 4.64%
Non-Performing Loan (NPL) 2.95% 0.91% 224.18%
Cost of Fund (%) 7.53% 9.93% -24.17%
Qtr End PE Ratio (Rs.) 19.25 11.79 63.27%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।