एनआईसी एशिया बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?


एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७६ ७७ को वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २६ बसेको बैठकले मंसिर २१ गते साधारण सभा बोलाउने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिले मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । गत आर्थिक वर्षको आम्दानीबाट प्रस्ताव गरिएको लाभांस मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

एनआईसी एशिया बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।