धनतेरसको उपलक्ष्यमा एलआईबिएल सहभागिता फण्डका इकाईको अनलाइन कारोबार सुरु


खुल्लामुखी योजना एनआईबिएल सहभागिता फण्डका इकाईहरुको अनलाइनबाट कारोबार सुरु हुने भएको छ ।

धनतेरसको उपलक्ष्यमा कात्तिक २८ गते शुक्रबारदेखि फण्डका इकाइको अनलाइनबाट किनबेच सुरु गर्न लागिएको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंकले प्रवद्र्धन गरेको उक्त योजनाका इकाई निष्काशन भएको एक वर्ष पुरा भएको छ । सोही उपलक्ष्यमा अनलाइनबाट इकाईको खरिद बिक्री सुरु गरिएको क्यापिटलले जनाएको छ ।

पूँजी बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई फण्डका इकाईमा लगानी गरी धनतेरसका दिनबाट बजार प्रवेश गराइने क्यापिटलले जनाएकको छ । यसका लागि शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म अनलाइनबाट इकाई खरिद गर्न सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।