महासंघमा महादंगल: पहिलो चरणका मतदाताको नामावली सार्वजनिक, सूची यस्तो


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको मतदाताको सूची सार्वजनिक भएको छ । महासंघ निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा अन्तिम समयमा केही परिवर्तन आउन सक्ने सम्भावना रहनेछ ।

जिल्ला नगर तर्फ प्रदेश नम्बर १ बाट २३ मतदाताको सूची तयार भएको छ । त्यसै गरी प्रदेश २ बाट १३, प्रदेश ३ बाट १६, प्रदेश ४ बटा १३ र प्रदेश ५ बाट २२ संघहरुले मतदान गर्न पाउने छन् ।
त्यसै गरी प्रदेश ६ बाट १० र प्रदेश ७ बाट १० गरी जिल्ला नगरतर्फका कुल १०७ मतदाताहरुको सूची सार्वजनिक गरिएको छ ।

त्यसै गरी वस्तुगततर्फ १०१ संघहरुको सूची सार्वजनिक गरिएको छ । द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ संस्थाहरु सूचीमा छन् । एशोसिएट्सतर्फ कुल ९२३ संस्थाहरुको सूची सार्वजनिक गरिएको छ भने कतदान गर्न पाउने १२ संस्थापक सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ ।

संस्थाको नाम मात्र सार्वजनिक गरिएको जनाएको निर्वाचन समितिले कतिपय संघ संस्थाहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि विबरण आउने क्रम जारी रहेको जनाएको छ । मंसिर ११ गते बिहानसम्ममा मतदाताहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

उल्लेखित सूची महासंघमा आबद्ध सबै सदस्यहरुको सूची हो । अन्तिममा यो सूचीमा केही परिमार्जन हुन सक्छ । निर्वाचन सचिवालयले धेरै संघ संस्थाहरुबाट प्रतिनिधि मनोनयन भएर आईसकेको र बाँकी संस्थाहरुबाट आउने क्रम जारी रहेको जनाएको छ ।

पहिलो चरणको विबरणको पूर्णपाठ यहाँ क्लिठक गरेर हेर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।