महासंघमा महादंगल : मतदाताको नामावलीमा परेन दाबी बिरोध


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि सार्वजनिक गरिएको पहिदो चरणको मतदाता सूचीमा कुनै पनि दाबी विरोध नपरेको निर्वाचन समितिले जनाएको छ ।

कुनै पनि दावी विरोध नपरेपछि निर्वाचित समितिले पहिलो चरणमा सार्वजनिक गरेको मतदाता नामावलीलाई नै अन्तिम रुप दिएको छ ।

बुधबार २ बजे सम्म मतदान गर्न पाउने सदस्यहरुको नामावली उपर दावी विरोधको लागि समय निर्धारण गरिएकोमा लिखित दाबी विरोध नआएपछि बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिको भनाई छ ।

मंसिर १३ गते हुन गइरहेको महांसघको निर्वाचनको लागि जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७ मतदाता, वस्तुगत समुहतर्फ १०१ मतदाता, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समुहतर्फ १२ मतदाता, एशोसिएट समुहतर्फ ९२३ मतदाता र संस्थापक सदस्यहरुतर्फको १२ मतदाता निर्धारण भएका छन् ।

पहिलो चरणको विबरणको पूर्णपाठ यहाँ क्लिठक गरेर हेर्न सकिन्छ ।