नागरिक लगानी कोषको नाफा बढ्दा पनि ईपिएस घट्यो, शेयर लगानी बढ्यो

0
Shares

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कोषको खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्न्तसम्म १२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ। कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिशन आम्दानी, लाभांश आम्दानी बढेपछि खुद नाफा बढेको हो।

खुद नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको यसै अवधिमा ३८ रुपैयाँ रहेको कोषको यस्तो आम्दानी घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ रुपैयाँमा सीमित भएको छ।

चुक्ता पूँजी वृद्धिको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घटेको हो। कम्पनीको चुक्ता पूँजी एक अर्ब १० करोडबाट बढेर एक अर्ब ६४ करोड पुगेको छ । कम्पनीले बोनस मार्फत पूँजी बढाएको हो ।

एक अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा ८ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको खुद कोष मौज्दात एक खर्ब ५२ अर्ब बढी छ । कोषमा विभिन्न स्रोतबाट गत असोज मसान्न्तसम्ममा एक खर्ब ६४ अर्ब २७ करोड रुपैयाँ स्रोत जम्मा भएको छ ।

कोषले हालसम्म एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ । जसले संगठित संस्थाहरुको धितोपत्रमा ११ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । सरकारी ऋणपत्रमा एक अर्ब बढी लगानी गरेको कम्पनीले ९१ अर्ब भन्दा बढी रकम मुद्धति निक्षेपमा लगानी गरेको छ । ९७ करोड बढी रकम बैंक मौज्दातमा राखेको छ ।

नागरिक लगानी कोषले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा एक अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्ने प्रक्रियामा छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।