नारायणी डेभलपमेन्ट बैंकको ७९ महिनापछि नेप्सेमा शेयर कारोबार फुकुवा, बोनस पनि सूचीकरण

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) को ७९ महिनापछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार फुकुवा भएको छ । बैंकको शेयर कारोबार २०७० चैतदेखि रोक्का रहेकोमा ७९ महिनापछि २०७७ मंसिरमा आएर खुला भएको हो ।

नेप्सेले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता २९० रुपैयाँमा ओपन रेञ्ज तोकेको छ । बैंकको २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेको थियो। केन्द्रीय बैंकले २०७७ साउन ८ गतेदेखि बैंकलाई समस्याग्रस्तबाट सशर्त फुकुवा गरेको थियो।

घोषणा गरेपछि बैंकको शेयर कारोबार २० साल गतेदेखि रोक्का रहेको थियो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै बैंकको शेयर कारोबार रोक्का भएको थियो। कारोबार रोक्का भएको ७९ महिनापछि धितोपत्रको दोस्रो बजारमा बैंकको पुनः शेयर कारोबार खुला भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।