लाभांश घोषणा गरेका ४३ कम्पनीमध्ये २४ को प्रतिफल दोहोरो अंकमा

0
Shares

नेप्सेमा सूचीकृत २१२ कम्पनीमध्ये मंसिर ८ गते सोमबारसम्ममा ४३ वटा कम्पपनीहरुले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । ४३ मध्ये २४ कम्पनीको लाभांश दोहोरो अंकमा रहेको छ ।

घोषित लाभांशमध्ये युनिलिभर नेपालको सबैभन्दा धेरै प्रतिशेयर १०० प्रतिशत लाभांश रहेको छ भने ग्लोबल आईएमई समुन्नत योजना १ ले सबैभन्दा कम प्रतिइकाई ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका कम्पनीमध्ये २६ कम्पनीको शेयर दाखिला खारेजी सम्पन्न भैसकेको छ भने १७ कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले गत आवको नाफाबाट प्रस्ताव गरेको लाभांश अझै पाउने अवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार  १९ : ४० बजे