युद्धको मैदानमा दाईले दुस्मन समुहमा रहेको भाईलाई गोली हान्न सक्छ, सही निर्णय गर्नुहोस् : किशोर प्रधान


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर कुमार श्रेष्ठले सुझबुझपुर्ण तरिकाले मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । शेयर गोल्छा समुह अन्तरगत वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठको समुहले सार्वजनिक गरेको भिजन कमोडिटी सेक्टर नामक दस्तावेज सार्वजनिक गर्दै प्रधानले यस्तो बताएका हुन् ।
 
नेतृत्व चयन गर्ने क्रममा बेलैमा सही निर्णय गरेको खण्डमा भोलि पछुतो मान्नु पर्ने अवस्था नआउने बताएका उनले युद्धमा दाईले दुस्मनको समुहमा रहेको आफ्नै भाईलाई पनि गोली हान्न सक्ने बताएका थिए । वास्तविकता र क्षमताका आधारमा नेतृत्व चयन गर्दै एकीकृत रुमा अघि बढ्न उनले सबै मतदाता र सम्बद्ध पक्षहरुलाई आग्रह गरेका छन् ।
 
 
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।