एनआईसी एशिया बैंकको शेयरमूल्य समायोजन

0
Shares


एनआईसी एशिया बैंक (NICA) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार शेयरमूल्य समायोजन भएको छ । नेप्सेले बैंकले गत आवबाट वितरण गर्ने १९ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै मूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको १९ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ५८६ रूपैयाँ समायोजित मूल्य तोकेको छ । मंगलबार बैंकको प्रतिकित्ता ६९७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । यसअनुसार बैंकको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।

बैंक सञ्चालक समितिको कार्तिक २६ गते, बुधबार सम्पन्न बैठकले बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते, आइतबार बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे आह्वान गरेको छ ।

बैंकले मंसिर २१ गते डाकेको २३ औं वार्षिक साधारण सभाका लागि मंसिर १० गते बुधबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार बैंकको २० प्रतिशत लाभांश मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।