एफएनसीसीआइको चुनावी मैदानमा यस्तो छ चहलपहल, मतदाता रिझाउन व्यस्त उम्मेदवार

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा मार्फत नयाँ पदाधिकारी चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ।

महासंघको चुनाबका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुँदैछ।

कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। । निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन्। यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिष्पर्धामा छन्।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।