नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मत गणना सकिएको छ ।
प्राप्त मत परिणाम अनुसार वस्तुगत तर्फको १४ पदका लागि भएको केन्द्रिय सदस्य पदमा किशोर र चन्द्र समूहका सात(सात जना विजयी भएका छन् ।
वस्तुगतमा कुल १०५ मत खसेकोमा २ वटा मत बदर भएको थियो भने सदर १०३ मतका आधारमा चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट सात जना सदस्यमा विजयी भएका छन् । यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ समूहबाट पनि सातै जना सदस्य निर्वाचीत भएका छन् ।
प्रधान समूहबाट बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ अन्तर्गत रहेका अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्।
त्यस्तै ढकाल समूहका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ अन्तर्गत रहेका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन्।
विजयी सदस्यहरु
नरेश लाल श्रेष्ठ ७२
सुमित कुमार केडिया ६६
आकाश अधिकारी ४९
प्रकाश सिंह कार्की ५७
भक्त बहादुर हमाल ६२
सुबोध कुमार गुप्ता ५५
हेमराज ढकाल ५५
अरनिको राजभण्डारी ६४
गोबिन्द ढुंगेल ५०
मनिष लाल प्रधान ६०
मीनमान श्रेष्ठ ६७
विष्णु प्रसाद गैरे ५१
सन्दिप कुमार अग्रवाल ५१
सुकुन्तलाल हिराचन ५५
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया