महासंघमा महादंगल: जिल्लानगर उपाध्यक्षमा प्रधान समुहबाट दिनेश श्रेष्ठ विजयी

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।

किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गर्दै जिल्ला नगर तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १०५ मत खसेकोमा विजयी भएका दिनेश श्रेष्ठले श्रेष्ठले ५८ मत ल्याए भने पराजित भएका गुणनिधि तिवारी ४७ मत ल्याएका छन् ।

श्रेष्ठ यसअघि पनि महासंघमा वस्तुगतबाट उपाध्यक्ष भइसकेका व्यक्ति हुन्।  साथै उनी नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष समेत हुन । उनले महासंघमा उद्योग समिति, भन्सार तथा अन्तशुल्क समितिमा सभापति भएर काम गरिसकेको छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार  २३ : ०५ बजे