नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्।
चन्द्र प्रसाद ढकाल समुहबाट रामचन्द्र संघाईले किशोर प्रधान समुहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
एशोसियट उपाध्यक्षका लागि कुल ८९० मत खसेकोमा विजयी भएका संघाइले ४५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योति ४३४ मत ल्याएका छन् । एक भोट भने बदर भएको छ ।
संघाईले यसअघि महासंघमा चार कार्यकालकार्यसमिति सदस्य भएर काम गरिसकेका छन्। महासंघको रोजगारदाता परिषदमा संघाईले उपसभापतिको जिम्मेवारी वहन गरिसकेका छन् ।
संघई नेपालको उत्पादनमूलक र व्यापारमा अग्रणी त्रिवेणी समूहका निर्देशक हुन्। यो समूहको एनआइसी एशिया, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्सुरेन्स, सिटी सेन्टर, बिगमार्ट लगायतका दर्जनौं कम्पनीमा लगानी छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया