महासंघमा महादंगल: वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी

0
Shares


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट चन्द्र प्रसद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
ढकालले किशोर प्रधानलाई पारजित गर्दै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन ।

विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे ।

आइएमई ग्रुपका अध्यक्ष रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थामा आवद्ध छन्।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । मतगणनाको नजिताअनुसार चन्द्र समूहबाट उपाध्यक्षमा एक जना र किशोर समूहबाट दुई जना विजयी भएका छन् । जिल्लामा किशोर समूहले बहुमत प्राप्त गरेको छ भने वस्तुगतमा चन्द्र र किशोर समूहका सात सात जना कार्यकारिणी सदस्य विजयी भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७७, आइतबार  ०४ : ३९ बजे