शेयर बजारमा रेकडै रेकर्ड, उच्च बिन्दुमा पुगेकै दिन सवा ९ अर्बको कारोबार

0
Shares

बुलिस ट्रेण्ड समातेको शेयर बजारमा दैनिक नयाँ नयाँ रकेर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । यसै क्रममा ०७७ साल मंसिर १४ गते आइतबार नेप्से सूचकमा आधा दर्जन रेकर्डहरु बनेका छन् ।

यसदिन शेयर बजारमा नेप्से सूचकसँगै कारोबार रकम, कारोबार संख्या (पटक), अनलाईबाट कारोबार प्रतिशत र बजार पूँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ ।

शेयर बजार सूचक मापक नेप्सेले २०७७ मंसिर ११ गते बिहीबार १८९३ दशमलव २४ बिन्दुको रेकर्ड तोडेर हालसम्मकै उच्च बिन्दु १ हजार ९६८.२७ विन्दुमा पुगेको छ । यसदिन नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५.०२ अंकले बढेर हालसम्मकै सर्वाधिक उचाईमा पुगेको हो ।

आज शेयर बजारमा ९ अर्ब २२ करोड ७३ लाख बढीको कारोबार भएको छ । यो एकैदिन सर्वाधिक भएको कारोबार रेकर्ड हो । गत बिहीबार ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको शेयर कारोबार भएको छ । यसभन्दा अघि २०७७ मंसिर ७ गते आइतबार ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबार संख्याको आधारमा पनि नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन ८० हजार २७१ वटा वटा काराबार भएको छ । यसभन्दा अघि २०७७ मंसिर ११ गते बिहीबार एकैदिन ७० हजार ३ वटा कारोबार भएको थियो । त्यो कीर्तिमानलाई आइतबारको कारोबार संख्याले तोडेको हो ।

यस्तै आज अनलाईबाट भएको शेयर कारोबारको प्रतिशत पनि हालसम्मकै उच्च भएको छ । कारोबारमध्ये ९० प्रतिशत बढी कारोबार अनलाइन मार्फत भएको हो । कारोबार कित्ताका आधारमा भने नयाँ रेकर्ड कायमा भएको छ आज २ करोड ५९ ४५ हजार ३८० कित्ता शेयर कारोबारमा आएको छ । यसअघि मंसिर १० गते बुधबार कारोबार कित्ताका आधारमा सबैभन्दा धेरै १ करोड ८८ लाख ४६ हजार १८१ कित्ता कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो ।

आइतबारको कारोबारमा व्यापार, होटल, निर्जीवन बीमा तथा उत्पादन मुलुक समुह बाहेक सबै समूह बढेका छन् । बैंकिङ्ग र विकास बैंक समुह ८ प्रशिशत हाराहारीमा बढेको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-29 15:00:00
NRIC 517,991,837.00 1,371.00
KBL 408,062,656.00 303.00
NABIL 335,607,869.00 1,185.00
PRVU 331,957,261.00 379.00
NBL 324,533,018.00 416.00
GBIME 279,582,876.00 349.00
NLIC 263,912,625.00 1,695.00
SHIVM 239,842,952.00 1,090.00
HDL 238,940,934.00 3,600.00
NTC 237,807,418.00 1,082.00

 

कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५१ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी, नबिल बैंक, प्रभु बैंक, नेपाल बैंक, ग्लोबल आइएमई, नेपाल लाइफ तथा शिवभ लगायतका कम्पनीको उच्च कारोबार भएको छ ।

आजको बजारमा ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी बैंकको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । सनराइन, माछापुच्छ्रे, मुक्तिनाथ, एनबीबी, मेगा लगायत अधिकांस वाणिज्य बैंकहरुको शेयरमूल्य ९ प्रतिशतको हाराहारीमा बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-29 15:00:00
GRDBL 165.00 15.00 10.00
NIB 484.00 44.00 10.00
CCBL 220.00 20.00 10.00
SRBL 277.00 25.00 9.92
MBL 266.00 24.00 9.92
MNBBL 433.00 39.00 9.90
NBB 289.00 26.00 9.89
MEGA 289.00 26.00 9.89
MLBL 267.00 24.00 9.88
PRVU 379.00 34.00 9.86

आज विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतकादरले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-29 15:00:00
BBC 3,600.00 -400.00 -10.00
AKJCL 150.00 -10.00 -6.25
MPFL 167.00 -7.00 -4.02
SFMF 10.40 -0.41 -3.79
PPCL 235.00 -8.00 -3.29
GILB 1,375.00 -45.00 -3.17
JOSHI 124.00 -4.00 -3.13
MSMBS 830.00 -25.00 -2.92
AIL 680.00 -20.00 -2.86
NMBMF 1,060.00 -29.00 -2.66

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।