रिलायन्स लाइफमा फर्कियो चमक

0
Shares

प्राथमिक बजारमा आईपीओ निष्काशनको शेयर बिक्री सकिएपछि रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरको बजार घट्दापनि माग बढेको छ ।

सोमबार ६३३ रुपैयाँमा शेयर कारोबार बन्द भएको कम्पनीको शेयर मंगलबार कारोबारको डेढ घण्टा अवधिमा प्रतिकित्ता ३४ रुपैयाँ बढेर ६६७ रुपैयाँ पुगेको छ ।

सोमबारदेखि लगानीकर्ताहरु बैंकिङ्ग छाडेर लाइफ इन्स्योरेन्समा प्रवेश गरेसँगै नवप्रवेशी कम्पनी रिलायन्स लाइफको पनि माग देखिन थालेको हो ।

यस अवधिमा कम्पनीका १ लाख १२ हजार ६९२ कित्ता शेयर ७ करोड ४० लाख रुपैयाँमा खरीद बिक्री भएका छन् भने २४ हजार ८५ कित्ता बिक्रीका लागि बस्दा ५१ हजार ३२७ कित्ताको माग नेप्सेको मार्केट डेप्थमा देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।