राष्ट्र बैंकले ५० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै


नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बराबरकोको २८ दिने निक्षेप संकलन उकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप उपकरण निष्काशन गर्न लागेको हो ।

केन्द्रीय बैंकले बिहीबार निष्कासन गर्ने ५० अर्बको निक्षेप उपकरण संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिनपछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्काशन गर्न लागेको हो ।

सो वित्तीय औजारमा लगानी गर्ने संस्थाले पाउने ब्याजदरको सन्दर्भमा भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ । वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलमा ल्याउनका लागि अल्पकालीन वित्तीय औजार डिपोजीट कलेक्सन निष्कासन गर्न लगेको राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । बैंकहरुले निक्षेप लिइरहेको अवस्था छ भने कर्जा लगानी गर्न नसकेको हुनाले पनि अधिक तरलता भएको हो । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले ब्याजदर घटाएको भएपनि निक्षेप बढ्ने तथा कर्जाको माग नभएका कारण निक्षेप कलेक्सन मार्फत बजारको अधिक तरलतालाइ सन्तुलन कायम गर्न अल्पकालीन वित्तीय औजार प्रयोग गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ ।

खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ । राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा झण्डै दुई खर्ब अधिक तरलता छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।