माउण्टेन इनर्जीको आईपीओ नतिजा नोटबजारमा हेर्नुहोस्


माउण्टेन इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको (आईपीओ) बाँडफँड नतिजा नोटबजार डटकममा प्रकाशित भएको छ ।

आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ रिजल्ट (IPO Result) मा जानुहोस । त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ ।

१ लाख ८३ हजार २१ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका हुन् । बाँकी ४ लाख ६८ हजार ५४९ जना (७२ प्रतिशत आवेदक) को हात खाली भएको छ ।  आईपीओामा कुल ६ लाख ५३ हजार २९१ जना आवेदकले आवेदन दिएकामध्ये १ हजार ७१६ वटा आवेदन रद्ध भएका थिए ।

कम्पनीले दोस्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात (१९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये सामूहिक लगानी कोषहरुका लागि ९८ हजार ४०१ कित्ता र ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।

जारी पूँजीको २० प्रतिशत (३९ करोड ३६ लाख ५ हजार ४० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले यसअघि नै पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत शेयर आयोजनाबाट प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयहरुलाई जारी गरेको थियो।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटलले शेयर निष्काशन तथा बिक्री प्रबन्धक भएर शेयर जारी गरेका हुन् ।

कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरणपत्रमा अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रतिशेयर आम्दानी ३६.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.२८ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । आयोजनामा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी छ ।

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।