मितेरी डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो लाभांश


मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको आम्दानीबाट शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर १९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात शेयधनीको खातामा जम्मा हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।