लुम्बिनी विकास बैंक (LBBL) ले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंगलबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कूल १० प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित बैंकको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया