साना किसान लघुवित्त (SKBBL) ले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको मंगलबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कूल २६.३२ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जसमध्ये २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७९ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २ लाख २९ हजार रहेको छ । २५ करोड ५७ हजार ३५६ रुपैयाँ बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब २५ करोड २ लाख ८६ हजार ७८२ रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया