लघुवित्तको मर्जर र खराब कर्जा असुलीमा संघ र सदस्यहरु एक हुनु पर्नेमा जोड


लघुवित्त कम्पनीहरुको खराब कर्जा असुली सहज बनाउनका लागि लघुवित्तहरुको छाता संगठनले सहजीकरण गर्नु पर्नेमा लघुवित्त कम्पनीहरुले जोड दिएका छन् । लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले चितवनमा आयोजना गरेको प्रमुख कार्यकारी अधिकृत स्तरीय कार्यशालामा संघलाई यस्तो सुझाव दिइएको हो ।

मंसिर १९ देिख २१ गते सम्म चलेको “कोभिड–१९ महामारी र संघको भूमिका” विषयक कार्यशाला गोष्ठीमा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक तथा बरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै पौडेलले लघुवित्त संस्थाहरुको कार्य संचालनमा एकरुपता ल्याउन, संस्थागत क्षमता अभिवृिद्घ गर्न, खराव कर्जा असुली तथा गाभ्ने गाभिने विषयहरुमा सहजिकरण गर्न र वजार विकास गर्न संघले खेल्नु पर्ने भूिमका बारे सुझाव दिएका थिए ।

संघका नीतिगत वकालत, क्षमता अभिवृद्घि, र ज्ञान व्यवस्थापनका कार्यहरुको महत्व तथा चुनौतीको चर्चा गर्दै संघले अनुसन्धानका लागि कसरी आप्mनो स्रोत सुदृढ गर्ने र राष्ट्रिय स्तरमा आप्mनो उपस्थिति उच्च राख्ने भन्ने विषयमा संघले रचनात्मक भुमिका खेल्नु पर्ने पौडेलको भनाई थियो ।

पौडेलको कार्यपत्रमाथि टिप्पणी गर्दै युनिक नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. गापोल दहित, लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा, महिला सहयात्रा लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङ्ग र फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुम नाथ पौडेलले संघको भुमिकाका सम्बन्धमा आफ्ना भनाई राखेका थिए ।

गोष्ठीमा सघं को कार्यक्रम तथा उपलब्धि, लघुवित्त संस्थाहरुका लागि आचार संहिता, कर्जा सूचना सम्बन्धि कार्य प्रगति एवं चुनौती तथा नेपाल फिनसफट कम्पनी द्वारा विकसित बैिङ्कग सप्mटवेरका सम्बन्धमा प्रस्तुती तथा छलफल भएको थियो ।

लघुवित्त क्षेत्रको हकहीतका लागि संघ छाता संगठनका रुपमा नेपाल लघुवित्त बैङ्कर्सले २०६३ साल देखि सक्रियता देखाउँदै आएको छ । हाल ७८ लघुवित्त कम्पनीहरु सञ्चालनमा रहेकोमा संघमा ५५ वटा लघुवित्तहरु आबद्ध छन् । गोष्ठीमा ३४ वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।