सानिमामाई हाइड्रोले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

0
Shares

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको मङ्सिर १५ गते बसेको संचालक समितिको बैंठकले पौष २३ गते साधारण सभा गर्ने निर्णय गरेको हो । अकामा होटल, काठमाडौंमा भर्चुअल माध्यमबाट ९जुम मार्फत० सभा गरिने कम्पनीले जनाएको छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य खुद मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने जनाएको छ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि पौष १३ गते १ दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले पौष १२ गते सम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।