सूचीकृत ३५ जलविद्युत कम्पनीमध्ये ७ ले मात्र घोषणा गरे लाभांश

0
Shares

नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत ३५ जलविद्युत कम्पनीमध्ये ७ ले मात्र हालसम्म लाभांश घोषणा गरेका छन् ।

नेप्सेका अनुसार हालसम्म चिलिमे जलविद्युत कम्पनीले सबैभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेको छ । १५ प्रतिशत सहित सानिमा माई हाइड्रोपावर दोस्रो स्थानमा रहँदा अन्य पाँ कम्पनीको लाभांश दश प्रतिशतभन्दा कम रहेको छ ।

अरुण भ्याली, रिडी र युनाइटेड मोदी हाइड्रोपावरले समान ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन् । अब २८ कम्पनीले लाभांश घोषणा गर्न बाँकी रहेको छ । जसमध्ये धेरै कम्पनीहरु निमार्णाधीन अवस्थामा रहेको तथा केहीको जगेडा नोक्सानीमा रहेको कारण लाभांश घोषणा हुन बाँकीमध्ये आधाभन्दा बढी कम्पनीले शेययरधनीलाई लाभांश खुवाउने हैसियतमा रहेका छैनन् ।

नेपाल राष्ट्र बैंकले कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुलाई असोज मसान्तसम्म उठेको ब्याज रकमलाई गत आवको नाफामा समावेश गरी लाभांश वितरण गर्ने बाटो खुला गरिदिँदा बैंकहरुको लाभांश घोषणामा ढिलाई हुँदा हन्य क्षेत्रका कम्पनीहरुको लाभांश घोषणामा पनि ढिलाई भैरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।