लिखु खोला हाइड्रोको साढे ६२ करोडको आइपीओको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

0
Shares

लिखु खोला हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको ६२ करोड ५० लाख बराबरको शेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ ।

शेयर प्रत्याभुती कार्य गर्ने सम्झौता–पत्रमा मंसिर ३० गते मंगलबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका छन ।

हाइड्रोको जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । जसमध्ये कम्पनीले २० प्रतिशतले हुन आउने ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता शेयर जारी गर्नेछ ।

उक्त शेयर सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीमा वितरण हुनेछ ।

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारी गराएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।