स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पुस ८ गतेसम्म कायम शेयरधनीले पाउने

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको लाभांश लगायतका एजेण्डा पारित गर्न पुस २४ गते ३४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले बैंकले प्रस्ताव गरेको ११.८४ प्रतिशत लाभांश पारित गर्नेछ ।

गत कात्तिक १३ गते बसेको बैंकको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

बैंकको वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीलाई वितरण गरिनेछ । बैंकको लाभांश पाउन पुस ८ गतेसम्म शेयर धनी कायम हुनुपर्नेछ । बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ९ गतेबाट शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ ।

थप नयाँ शेयर (एफपीओ) निष्काशन गरेर आर्थिक वर्ष २०७३ /७४ मा शतप्रतिशत बोनस शेयर वितरण गरे यता बैंकले बोनस शेयर बितरण गरेको थिएन । अघिल्ला २ आर्थिक वर्षहरुमा क्रमशः १७.५० प्रतिशत र २२.५० प्रतिशत नगद लाभांस मात्र बितरण गरेको बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस र नगद बितरण गर्न लागेको हो ।

आर्थिक वर्ष २०७६ ७७ को अन्त्यसम्ममा बैंकले १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा बैंकको खुद नाफा ४५ करोड रुपैयाँले घटेको थियो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ छ । प्रस्तावित बोनस बितरण तथा सूचीकरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५७ करोड रुपैंया पुग्नेछ । गत असार मसान्तसम्ममा ५ अर्ब ५६ करोड रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको बैंकले १ अर्ब ५२ करोड रुपैयाँ शेयरधनी कोषमा जम्मा गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।