नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति


नागरिक लगानी कोषलाई हकप्रद शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्ड सञ्चालक समितिको बैठकले कोषलाई ८२.८४ प्रतिशत हकप्रद निष्काशन गर्न अुमति दिने निर्णय गरेको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब नागरिक लगानी कोषले हाल कायम चुक्ता पूँजीको ८२.८४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैंया बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता शेयर निष्काशन गर्ने छ ।

कोषको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैकिङ्ग लिमिटेड हो ।

हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको नयाँ संशोधति ऐनअनुसार चुक्ता पूँजी बढाउने व्यवस्था गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।