लगानीकर्ताको हीतलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्न मर्चेन्ट बैंकरलाई बोर्डको सुझाव

0
Shares

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई लगानीकर्ताको हीतलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्न सुझाव दिएको छ ।

शुक्रबार मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुसँगको भेटमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले बजार सहभागीहरुले लगानीकर्ताको हीतलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिए ।

मर्चेन्ट बैंकर थप व्यवसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नुपर्ने बोर्डको भनाई छ । धितोपत्र बजारमा हालसालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै बोर्ड अध्यक्ष ढुंगानाले बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एशोसियशनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा गरे ।

त्यस्तै, एशोसियशनका निवर्तमान अध्यक्ष धु्रब तिमिल्सिनाले धितोपत्र बजार सम्बन्धी नीति निर्माण गर्दा एशोसियशनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गरे ।

उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग र बजार विकासका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७७, शुक्रबार  १६ : ४० बजे