एनआईसी एशिया बैंकले दुई कम्पनीको साढे ६१ करोडको शेयर बिक्री गर्दै

एनआईसी एशिया बैंकले दुई कम्पनीको साढे ६१ करोडको शेयर बिक्री गर्दै

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ३ लाख बढी कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ ।

बैंकले नागरिक लगानीकोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको २ लाख २ हजार ५६० तथा नेशनल लाइफको १ लाख १४ हजार ३०६ कित्ता संस्थापक शेयर बेच्न लागेको हो ।

बैंकले नागरिक लगानीकोषको लिलामीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ हजार ७४० र नेशनल लाइफको प्रतिकित्ता ५२० रुपैयाँ तोकेको छ । बैंकले यी शेयर बिक्रीबाट न्यूनतम ६१ करोड ४४ लाख ४५ हजार रुपैयाँ आर्जन गर्नेछ ।

सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज अर्थात पुस ५ गतेदेखि १० गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ।

बोलपत्र आवेदन फाराममा लगानीकर्ताले आफुले लिन चाहेको शेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार ०८ : ११ बजे