नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनस ?

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते बिहान सम्पन्न ५४० औं बैठकले १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.५० प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतितश लाभांश घोषणा गरेको हो।

अघिल्लो वर्ष बैंकले १०.५ बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।