कामना सेवा विकास बैंकले प्रस्ताव गर्यो लाभांश

0
Shares

कामना सेवा विकास बैंक (KSBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ३ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँको ४.४० प्रतिशतले हुन आउने ११ करोड १७ लाख ६८ हजार ३७९ रुपैयाँ बोनस तथा कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश (५८ लाख ८२ हजार ५४६) रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

 

अघिल्लो आव २०७५/७६ बाट भने बैंकले शेयरधनीलाई ६.८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।