नबिल बैंकले घोषणा गर्यो बम्पर लाभांश, चुक्ता पूँजी १३ अर्ब ५० करोड नजिक पुग्ने

0
Shares

नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको बैंक संचालक समितिको ५५२ औं बैठकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश घोषणा गरको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल नबिल बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ छ । बोनस पछि बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड पुग्नेछ ।

अघिल्लो वर्ष बैंकले १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगदगरी कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नबिल बैंक गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश गर्ने बैंकको पहिलो नम्बरमा पुगेको छ । अघिल्लो वर्ष नबिललाई एनएमबिले पछि पारेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  २० : १० बजे