करेक्शन पश्चात सुधारिएको शेयर बजार ऐतिहासिक उचाईतर्फ अग्रसर

0
Shares

गत मंसिर १७ गते बुधबार २०७१ विन्दुमा पुगेर ऐतिहासिक उचाई हासिल गरेको शेयर बजार परिसूचक नेप्से करेक्शनपछि पुनस् ऐतिहासिक उचाईतर्फ अग्रसर देखिएको छ ।

गत सातादेखि निरन्तर घट्ने क्रममा रहेको शेयर बजारमा पछिल्लो दुई दिन लगातार सुधार आएको छ । सोमबार ३० अंकले बढेको नेप्से मंगलबार ९५.४६ अंकले बढेर २०६१.४१ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु भन्दा १० अंक मात्र कम हो ।

मंगलबार नेप्से ४.८६ प्रतिशतले बढेको हो । यसदिन २०५ कम्पनीको ५५ हजार ७२१ पटकको कारोबारबाट १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर ६ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा ५ करोड बढी हो ।

कारोबारमा आएका सबै उपसमूहको सूचक बढेका छन । सबैभन्दा धेरै जिवन बीमा समूहको सूचक ७.४३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह, जलविद्युत र अन्य समूहको सूचक पनि ५ प्रतिशत बढीले उकालो लाग्दा बैंकिङ र व्यापार समूहका सूचक पनि ४ प्रतिशत धेरैले बढेका छन् ।

Sub-Indices Current Points Change % Change  
Banking 1,540.90 70.9 4.82  
Trading 1,972.28 77.48 4.09  
Hotels 1,921.23 20.56 1.08  
Development Bank 2,190.52 66.17 3.11  
HydroPower 1,648.97 80.68 5.14  
Finance 883.86 25.8 3.01  
No Life Insurance 9,736.48 527.77 5.73  
Manu. & Pro. 4,915.39 113.08 2.35  
Others 1,640.86 78.8 5.04  
Microfinance 3,293.98 107.05 3.36  
Life Insurance 13,741.98 950.95 7.43  
Mutual Fund 11.31 0.08 0.72  
 

नेपाल लाइफको उच्च कारोबार

मंगलबारको बजारमा पनि नेपाल लाइफको उच्च कारोबार भएको छ । नेपाल लाइफको ८६ करोड ३६ लाख बराबरको शेयर किनबेच भयो। अघिल्लो दिन ७२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। त्यस्तै एनआईसी एशिया बैंकको ४६ करोड ८१ लाख, प्रभु बैंकको ३२ करोड, एनसीसी बैंकको २७ करोड ३१ लाख बराबरको शेयर किनबेच भयो ।

Symbol Turnover Closing Price
 
NLIC 863,682,775.00 2,351.00
NICA 468,134,172.00 854.00
PRVU 320,114,613.00 379.00
NCCB 273,171,809.00 350.00
NRIC 245,826,663.00 1,439.00
HDL 204,964,728.00 4,670.00
PCBL 198,659,981.00 422.00
CIT 189,161,048.00 5,271.00
NTC 173,250,924.00 1,169.00
NLICL 168,772,907.00 1,070.00
View All

शिखर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमा सकारात्मक सर्किट

मंगलबारको बजारमा शिखर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिखरको शेयरमूल्य प्रतिकित्ता १६६ रुपैयाँ तथा राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर प्रतिकित्ता एक हजार ३२६ रुपैयाँले बढेको छ ।

Symbol LTP Point Change % Change
 
SICL 1,826.00 166.00 10.00
RBCLPO 14,591.00 1,326.00 10.00
NABIL 1,354.00 123.00 9.99
NLIC 2,351.00 213.00 9.96
SJCL 276.00 25.00 9.96
NICA 854.00 77.00 9.91
UPPER 436.00 39.00 9.82
RHPL 280.00 25.00 9.80
SFCL 135.00 12.00 9.76
PIC 1,015.00 90.00 9.73

सबैभन्दा धेरै लाभांश घोषणा गरेको नबिल बैंकको शेयरमूल्य पनि ९ प्रतिशतले बढेर एक हजार ३५४ रुपैयाँ पुगेको छ । नेपाल लाइफ, सान्जेन जलबिद्युत, एनआईसी एशिया, अपर, रसुवागढी, समृद्धि फाइनान्स लगायतको शेयर मूल्य पनि नौ प्रतिशत धेरैले बढेको छ । यसदिन १५९ कम्पनीको शेयर मूल्य बढेको छ।

नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दीको शेयर नकारात्मक सर्किट

हकप्रदमा उचालिएको नारायणी डेभलपमेन्ट बैंक र आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुलेको युनाइटेड इदी मार्दीको शेयरमा नकारात्मक सर्किट लागेको छ । सनराइज फस्टर्् म्युचुअल फण्ड, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतको शेयरमूल्य उच्चदरले घटेको छ ।

Symbol LTP Point Change % Change
 
NABBC 436.00 -48.00 -9.92
UMRH 264.00 -29.00 -9.90
SFMF 10.05 -0.55 -5.19
SIFC 198.00 -4.00 -1.98
MEN 380.00 -7.00 -1.81
CHL 175.00 -3.00 -1.69
RADHI 299.00 -3.00 -0.99
HBLD83 1,030.00 -10.00 -0.96
SMB 1,035.00 -5.00 -0.48
SBIBD86 1,045.00 -5.00 -0.48

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।