नेपाल बैंकको १६ प्रतिशत लाभांश पाउन पुस १५ गतेसम्म शेयर किन्नुपर्ने

0
Shares

नेपाल बैंकले बुक क्लोज मिति तय गरेको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १६ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । जसअनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बोनश शेयर लिन पाउने छन् ।

बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।

बैंकको ६१ औ वार्षिक साधारण सभा पुस २९ गते बुधबारका दिन हुने छ ।

बैंकले १ अर्ब ३५ करोड ३९ लाख ३८ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर तथा ४५ करोड १३ लाख १२ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।