विदेशी वस्तुको आयातमा १० % ले कमी आउँदा निर्यात ५ % ले वृद्धि

0
Shares

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा पाँच प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार चालू आवको पाँच महिनाको अवधिमा पाँच खर्ब २५ अर्ब ४९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो ।

गत आवमा पाँच खर्ब ८१ अर्ब २५ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । यसैगरी पाँच महिनाको अवधिमा ५० अर्ब पाँच करोड ५६ लाख बराबरको निर्यात भएको छ ।

गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । गत आवमा सोही अवधिको तुलनामा ४७ अर्ब ६१ करोड ६८ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहीबार  ११ : ३३ बजे