कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षा अर्को सातादेखि खुला हुने भएको छ ।
यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार सातै प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।
कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा स्थगित गरेको थियो ।
लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।
उनका अनुसार अर्को साता पुस १५ पछि चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने गरी तयारी भइरहेको छ । यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र ट्रायल खुलाइनेछ ।
भुसालका अनुसार अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भएपनि परीक्षा लिने र ट्रायल गराउन सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया