एक वर्षमा २ अर्ब ५३ करोडको भष्ट्राचार मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई अर्ब ५३ करोड बढीको भष्ट्राचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सो उल्लेख गरिएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा प्रतिवेदन पेश गरेका हुन् ।

आयोगले गत आर्थिक वर्षमा ४४१ वटा मुद्या बाट १ हजार २१२ जनालाई प्रतिवादी बनाई २ अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ रुपैयाँ बराबरको बिगो मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिवादी एक हजार २१२ जनामध्ये ३ मन्त्री, विशिष्ट श्रेणीका ९ कर्मचारी, ३५५ जना अधिकृत स्तरका कर्मचारी, सहायक र सहायोगी स्तरका ४४०, निर्वाचित मनोनित पदाधिकारी ७० र ३३५ जना विचौलिया विरुद्ध मुद्या दायर गरेको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहीबार  १७ : ०८ बजे