नागरिक लगानी कोष (CIT) ले यहि पुस २८ गते मंगलबारदेखि चुक्ता पूँजीको ८२ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी वृद्धि गर्ने भएको छ ।
कोषले १० बराबर ८.२८४ अर्थात १० कित्ता शेयर बराबर ८ दशमलव २८४ कित्ता अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो ।
हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कोषले पुस १४ गते मंगलबार शेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार पुस १३ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी दर्ता किताबमा कायम हुन आउने शेयरधनीहरूले मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । पुस १४ गतेपछि समायोजित शेयरमूल्यमा शेयर खरी दगर्ने लगानीकर्ताले भने हकप्रद पाउनेछैनन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न तोकिएका शाखा कार्यालयहरू, नागरिक लगानी कोषको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी मेरो शेयरको वेवपेज तथा मोबाइल एप मार्फत पनि हकप्रद भर्न सकिनेछ । उक्त हकप्रदमा बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
हाल नागरिक लगानी कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँ रहेको छ । १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको हकप्रद जारीपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।
धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर पुस ९ गते बिहीबार प्रतिकित्ता ५ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया