नेप्सेको तथ्याङ्क प्रयोग गर्दा मासिक ५ सय देखि ६० हजारसम्म तिर्नुपर्ने

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क प्रयोग गर्न खरिद गर्नु पर्ने भएको छ ।

नेप्सेले तथ्याङ्क प्रयोग सम्बन्धी कार्याविधि बनाई व्यक्ति तथा संस्थाका लागि आवश्यक डाटा अनुसार शुल्क निर्धारण गरेको हो ।

नेप्सेले जारी गरेको कार्यविधि अनुसार सुरुमा डाटा प्रयोगका लागि इन्टलेसन फिको रुपमा एक लाख रुपैयाँ तिर्नु पर्ने उल्लेख छ । त्यसपछि तथ्याङक प्रयोग कर्ता संस्था, ब्यक्ति, शैक्षिक र व्यवसायिक प्रयोजनका लागि छुट्टा–छुट्टै दर कायम गरेको छ ।

नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि अनुसार इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषकका लागि सबै तथ्याङकका लागि प्रति महिना १० हजार रुपैयाँ तोकिएको छ ।

यस्तो तथ्याङ्कको इन्स्टलेसनका लागि एक पटक एक लाख रुपैयाँ लाग्नेछ । नेप्सेमा पाइने कुनै एक मात्र तथ्याङ चाहने प्रयोगकर्ताले छुट्टा–छुट्टै तथ्याङक अनुसार मासिक शुल्क तिर्न पर्ने व्यवस्था कार्यविधिमा छ ।

त्यसैगरी तथ्याङ्क वितरक, वित्तीय औजार विकासकर्ता आदिले नेप्सेको तथ्याङक प्रयोग गर्दा मासिक रुपमा ६० हजार रुपैयाँ तिर्नु पर्छ भने सञ्चार माध्यमले १० हजार रुपैयाँ तिर्नु पर्ने कार्यविधिमा उल्लेख छ । त्यसैगरी शैक्षिक संस्थाले ५ हजार तिर्नु पर्नेछ भने विदेशी व्यक्ति वा संस्थाले मासिक २ हजार डलर तिर्नु पर्ने व्यवस्था कार्यविधिमा रहेको छ ।

नेप्सेले इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक, तथ्याङ वितरक, वित्तय औजार विकासकर्ता आदिको व्यापारिक तथा पूनः वितरणका लागि, सञ्चार माध्यमहरुको समाचार निमार्ण तथा प्रदर्शनका लागि, गैर व्यापारिक शैक्षिक तथा अनुसधानात्मक प्रयोग र विदेशी कम्पनीका वा व्यक्तिलाइ अनुसन्धान प्रयोजनका लागि तथ्याङ फरक फरक शुल्कमा बिक्री गर्नेछ ।

नेप्सेको तथ्याङ्कखरिदका लागि प्रयोगकर्ताले नेप्सेमा निवेदन दिनु पर्ने छ । यसरी निवेदन दिदा तथ्याङ्कको प्रयोग स्पष्ट संग खुलाउनु पर्नेछ, त्यसैगरी एपिआइ प्रयोगकर्ताको हकमा सूचना प्रविधि पूर्वाधार तथा प्रणाली जडान सम्बन्धी विवरणहरु समेत खुलाउनु पर्ने कार्यविधिमा उल्लेख छ । निवेदन दिदा शैक्षिक, वा व्यवसायिक त्यसमा पनि व्यक्तिगत हो वा संस्थागत खुलाउनु पर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।