अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुखसहित ५ जना विरुद्ध साढे तीन करोड भष्ट्राचारको मुद्दा दायर गरेको छ ।
आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर गरेको हो ।
परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवले आयोजनाको ठेक्का समयमा नै सम्पन्न गर्न नसकको र स्टण्ड निमार्णमा प्रयोग भएको ग्याविन तारको गुणस्तर परिक्षण गरी स्पेशिफिकेशन बमोजिमको गुणस्तर यनिक गरेर मात्र ग्याविन तार प्रयोग गराउनु पर्नेमा सो नगरेको पाइएको आयोगले जनाएको छ ।
आयोजना प्रमुख श्रीवास्तवले प्रथम रगिंन बिलदेखि सातौँ रगिंन बिलसम्मका बिलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्वीकृत गरेकोमा उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको हो ।
आयोगले कम गुणस्तरको ग्यावियन तारबाट निर्मित स्टण्ड हरुलाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्तीरमैनाचुली जे.भी. का मुख्य पार्टनर महादेव खिम्ती निर्माण सेवा प्रा.लि. का मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्तीरमैनाचुली जे.भी. का साझेदार मैनाचुली निर्माण सेवा प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर मदन कुमार अधिकारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले रवि सिंह र मदन कुमार अधिकारी उपर मुददा दायर गरेको हो।
इन्जिनियर पाण्डव प्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बील स्वीकृत गरी भुक्तानी गराएको हुँदा निजहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ३ करोड ६५ लाख ९ हजार ४ सय ५६ रुपैयाँ ३४ पैसा बिगो निजहरुबाट असुलउपर गरी जफत गर्न मागदाबी गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया