नेपाल इन्फास्ट्रक्चर बैंक प्रमुख कार्यकारी अधिकृतको खोजीमा

0
Shares

नेपाल इन्फास्ट्रक्चर बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा आवेदन माग गरेको छ ।

बैंकका अनिल ज्ञवाली दुई वर्षे कार्यकाल सकेर बाहिरिएपछि बैंकले नयाँ सीईओको खोजी गरेको हो । ज्ञवाली बाहिरिएपछि कामु सीईओको जिम्मेबारीमा भुपेन्द्र पाण्डे रहेका छन् ।

बैंकको सीईओ हुन व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, तथ्यांक, वाणिज्य र लेखा लगायतका विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने उल्लेख छ । ६० वर्ष नकटेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कम्तीमा १० वर्ष माथिल्लो तहमा बसेर काम गरेको अनुभव हुनुपर्नेछ।

बैंकको सीईओका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ८ अर्ब रुपैयाँको साधारण प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ । आईपीओपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।  बैंकले जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जा लगायतका परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।