बाग्मती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर( १० मा निमार्ण गर्ने दुग्ध पाउडर प्लान्टको शिलन्यास भएको छ ।
४५ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको प्लान्टको बिहीबार बाग्मती प्रदशेका मुख्यमन्त्री डोरमणी पौडेलले प्लान्टको शिलन्यास गरेका हुन् । प्रदेश सरकारको पूर्ण स्वामित्व रहने गरि प्लान्ट स्थापना हुन लागेको हो । तीन वर्षभित्र प्लान्टलाई पूर्ण सञ्चालनमा ल्याउने लक्ष्य प्रदेश दुग्ध विकास बोर्डले राखेको छ ।
बोर्डका कार्यकारी निर्देशक शत्रुधन साहले प्लान्टबाट दैनिक १५ सय मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य राखिएको बताए । प्लान्ट स्थापनाका लागि पशुपन्क्षी तथा मत्स्य विकास केन्द्र हेटौडाले डीपीआर गरेको निर्देशक साहले जानकारी दिए ।
दुग्ध विकास संस्थान (डीडीसी) ले चलाईरहेको दाना कारखानाभित्र प्लान्ट स्थापना हुनेछ । संघीय कृषि मन्त्रालय मातहत रहेको ८ विगाहा जग्गामध्ये २ बिघामा प्लान्ट स्थापना हसन लागेको हो । डीडीसीले २५ वर्षका लागिएको लिजमा लिएको मध्ये २ बिघा बोर्डले लिएको छ ।
प्लान्ट शिलन्यास कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, हेटौंडा उप महानगरपालिकाका प्रमुख, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोगका सदस्य, सचिव डा. मतिना जोशी बैद्य, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया