लोडसेडिङ तीन वर्षअघि नै हटिसक्यो फेरि गर्नुपर्ने अवस्था छैन् – प्राधिकरण

0
Shares

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ ३ वर्षअघि नै हटिसकेको र फेरि गर्नुपर्ने अवस्था नआएको स्पष्ट पारेको छ ।

प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विद्युतको पोल सार्ने, ट्रान्सफरमर फेर्ने, वितरण प्रणालीका संरचनाहरुको मर्मत तथा बदली गर्ने जस्ता निरोधात्मक कामका लागि बिजुली आपूर्ति बन्द हुने गरेको प्रष्ट पारेको छ ।

केहि दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरुमा बत्ती झ्याप झ्याप गइरहेको वा अघोषित लोडसेडिंग शुरु भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारले नेपाल विधुत प्राधिकरणको गम्भीर ध्यानकर्षण भएको छ । यस सन्दर्भमा, नेविप्राले विगत ३ वर्षअघि देखि नै लोडसेडिंग अन्त्य गरिसकेको, फेरी लोडसेडिंग गर्नुपर्ने अवश्था नआएको बताएको छ।

प्राधिकरणका प्रवत्ता मदन तिम्सिनाद्धारा जारी विज्ञप्तिमा मर्मतका लागि विद्युत कटौती गरी आपूर्ति सुचारु भइरहेको उल्लेख छ । मंगलबार र बुधबार प्रणालीमा आएको समस्या विशुद्ध प्राविधिक भएको र सोको निराकरण गरिसकेको प्रवत्ता तिम्सिनाले बताए ।

विद्युत उपभोक्ताहरुको माँग भन्दा आपूर्ति कम भएको अवश्थामा मात्र लोडसेडिंग गर्नुपर्ने बाध्यता रहन्छ । हाल नेपालको विधुत प्रणलिमा प्राधिकरणको आन्तरिक उत्पादन , निजी क्षेत्रको उत्पादन र नपुग हँदा भारतबाट आयात गरि विधुत माँग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिंग नभएको र विषयमा पनि गरिने अवस्था नरहेको बताएको छ ।

राष्ट्रिय विधुत प्रणाली मा भारवहन क्षमता भन्दा बढी विधुत प्रवाह हँुदा केहि समय विधुत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिंग हैन । तथापी त्यस्तो अवरोध न्यूनिकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ र सदैव प्रयासरत पनि जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।