अपि पावर कम्पनीको लिलामी शेयरको बोलकबोल खोलियो, कति कायम भयो ‘कटअफ’ ?


अपि पावर कम्पनी (API) ले लिलाममा राखेको शेयरको बोलकबोल खोलिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार अपि पावरको लिलामी शेयरमा परेका आवेदन खालेको हो ।

क्यापिटलका अनुसार अपिको लिलामी शेयरको प्रारम्भिक ‘कटअफ’ मूल्य २०२ रुपैयाँ कायम भएको छ ।

अन्तिम विवरण प्रशोधन भईनसकेकाले उक्त मूल्यमा परिमार्जन हुन सक्ने क्यापिटलले जनाएको छ ।

अपिको लिलामी शेयरमा अधिकतम २३० रुपैयाँको कबोल सहित आवेदन परेको छ । आइतबार दोस्रो बजारमा अपिको प्रतिकित्ता शेयर २४५ रुपैंयामा अन्तिम पटक किनबेच भएको छ ।

क्यापिटलका अनुसार कम्पनीको लिलामी शेयरमा कुल १ हजार ३७९ आवेदन परेका थिए ।

अपिले हकप्रद निष्काशन गर्दा बिक्री नभएको १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलामीबाट बिक्री गरेको हो । कम्पनीले कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री गरिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।