ज्योति विकास बैंक मर्जर पार्टनरको खोजीमा, साधारण सभाबाट बाटो खोल्दै

0
Shares

ज्योति विकास बैंक (JBBL) पनि मर्जर तथा प्राप्तीमा जाने भएको छ । यसअघि हाम्रो विकास बैंकसँग मर्जर गरेको बैंकले थप मर्जर चाहेको हो ।

बैंकको पुस १९ गते बसेको सञ्चालक समितिको ३७८ औँ बैठकले कोरोना भाइरसको जोखिम रहेकाले भर्चुअल माध्यमबाट सभा सञ्चालन गरिने निर्णय गरेको छ ।

बैंकले माघ १४ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाण्डौं आह्वान गरेको १३ औं वार्षिक साधारण सभामा लाभांश अनुमोदनको अतिरिक्त मर्जर प्राप्तीलाई मुख्य प्रस्ताव बनाइएको छ ।

उक्त सभाले ज्योति विकास बैंक र अन्य उपयुक्त कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, डिडिएका लागि मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ ।

यसैगरी सञ्चालक समितिले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ ।

त्यस्तै सभाले बैकको ५४.३५ प्रतिशत संस्थापक समुहको शेयर ५१ प्रतिशत कायम गरी बाँकी शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने भएको छ ।

साभारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस २९ गतेदेखि माघ १० गतेसम्म बुक क्लोज मिति ताकेको छ । यसअनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।