एनएमबि बैंकले चार प्रतिशत ब्याजदरमा साढे १ अर्बको उर्जा ऋणपत्र जारी गर्ने

0
Shares

एनएमबि बैंक (NMB) ले १५ वर्ष अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक चार प्रतिशत ब्याजदरमा १५ वर्ष अवधिको ऋणपत्र जारी गर्न अनुमति मागेको हो ।

उक्त ऋणपत्र जारी गर्न बैंकले पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ । ऋणपत्र जारी गर्न बैंकले पुस ८ गते निवेदन दिएको बोर्डले जनाएको छ ।

बैंकले जारी गर्न लागेको उर्जा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने ९ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थागत लगानीकर्ताहरुलाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा जारी गर्न बैंकले हिमालयन क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ ।

दीर्घकालीन लगानीको स्रोत परिचालनका लागि एनएमबि बैंकले यसअघि मंसिर २३ गते आठ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न निवेदन दिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।